भारतीय सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान


 


काठमाडौं । भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको छ।

राष्ट्रपति निवास शीतलनिवासमा आयोजित समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले सेनापति द्विवेदीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

नेपालका सेनापति भारतीय सेनाको मानार्थ सेनाध्यक्ष र भारतीय सेनाध्यक्ष नेपालका मानार्थ महारथी रहने चलन छ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राईलगायत विशिष्टहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: ६ मंसिर २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्