महाधिवेशनको तयारी गर्न निर्देशन


 


काठमाडौँ, माघ २७

राष्ट्रिय प्रजातन्त्र पार्टी, काठमाडौँ जिल्लाले आफ्नो मातहतका परिषद्, सबै क्षेत्रीय समिति, महानगर समिति, नगर र वडा समितिलाई पार्टीको आशन्न महाधिवेशनको आवश्यक तयारी गर्न निर्देशन दिएको छ ।

पार्टीको जिल्ला अधिवेशन सम्पन्न भएपछि पहिलोपटक आज बसेको बैठकले आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा सहभागी प्रतिनिधिको व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्ने निर्णय गरिएको पार्टीका सह–प्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।

अध्यक्ष नवराज सिंखडाको अध्यक्षतामा बसेको जिल्ला कार्य समितिको बैठकले पार्टी अध्यक्ष कमल थापालाई पार्टीको आगामी एकता महाधिवेशनमा अध्यक्ष पदमा अत्याधिक बहुमतले विजय गराउने सर्वसम्मत संकल्प प्रस्ताव पारित गरेको सह–प्रवक्ता गिरीले बताउनुभयो ।

प्रकाशित मिति: २७ माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्