धनगढी पुगरे गृहमन्त्री लेखकले भने – सत्ता गठबन्धनमा कुनै समस्या छैन


 


धनगढी । गृहमन्त्री रमेश लेखकले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् ।

नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

अहिलेको सत्ता समिकरण एमाले र कांग्रेसको सहमतिमै बनेको हुँदा कुनै समस्या नआउने उनले प्रष्ट पारे ।

वर्तमान सत्ता गठबन्धन दलका प्रमुख नेताहरूबीच कुनै असमझदारी नभएको उनले बताए ।

दुई ठूला राजनीतिक दल सत्ता साझेदारी हुँदा देशमा विश्वासको वातावरण सिर्जना भएको गृहमन्त्री लेखकले बताए ।

प्रकाशित मिति: ६ मंसिर २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्