मन्त्रीमण्डल हेरफेर गर्ने कुरा हल्ला मात्रै हो : गृहमन्त्री लेखक


 


धनगढी, मंसिर ६ । गृहमन्त्री रमेश लेखकले अहिले चलिरहेको मन्त्री मण्डल हेरेफेर गर्ने कुरा हल्ला मात्रै भएको बताएका छन् ।

प्रेस युनियन कैलालीले विहीबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले यसबारेमा आफूलाई कुनै जानकारी नभएको बताए ।

प्रधानमन्त्रीले मन्त्री मण्डल विस्तार गर्दा र हेरफेर गर्दा दलहरूका बिचमा छलफल गर्ने भएकाले अहिलेसम्म त्यो विषयमा कुनै छलफल नभएको उनले बताए ।
‘सरकार बन्न पाएको छैन, ढलिहाल्छ र मन्त्री मण्डल बन्न पाएको छैन, फेरिहाल्छ भन्ने हल्ला चल्छ’ उनले भने ।

यस्तै गृहमन्त्री लेखकले अहिले कुनैपनि विषय विषयमा दुई सत्ता साझेदार दलबीचको मतभेदकै कारण सरकारमा असर नपर्ने बताए । चीनसँगको बीआरआई सम्झौताका विषयमा पनि अहिले दुई दलबीच छलफल जारी भएकाले यसैका कारण सरकार सन्चालनमा असर नपर्ने उनले बताए । यस विषयमा सहमति अनिसार नै काम हुने उनको भनाइ छ ।

यस्तै लोकतन्त्रकै हवाला दिँदै अमर्यादित हर्कत गर्नेहरूलाई सरकारले पक्राउ गरेर कार्वाही गरिरहेको उनले बताए । ‘अमर्यादित कार्य गर्नेहरूलाई विदेशबाट पनि झिकाइएको छ । त्यसो नगरे देश अराजकतातिर जाने स्थिति बन्छ ।’

व्यवस्था र संविधानका विरुद्ध हुने गतिविधि कुनै हालतमा स्विकार्य नहुने उनको भनाइ छ ।

प्रकाशित मिति: ६ मंसिर २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्