कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
काठमाडौं, मंसिर ६ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
बैंकले सार्वजनिक गरेको विवरणअनुसार आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ ।
युरो १ को खरिददर १४२ रुपैयाँ १५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७८ पैसा कायम भएको छ ।
पाउण्ड स्टर्लिङ १ को खरिददर १७० रुपैयाँ ५४ पैसा तथा बिक्रीदर १७१ रुपैयाँ ३० पैसा कायम भएको छ ।
यस्तै स्वीस फ्र्याङ्क १ को खरिददर १५२ रुपैयाँ १८ पैसा तथा बिक्रीदर १५२ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा निर्धारण भएको छ ।
क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ३० पैसा तथा बिक्री दर ९६ रुपैयाँ ७२ पैसा रहेको छ ।
प्रकाशित मिति: ६ मंसिर २०८१, बिहिबार