बिपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक


 


काभ्रेपलाञ्चो, मंसिर ६ । बिपी राजमार्गमा रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरले बुधबार सूचना जारी गरी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत भइरहेको जनाउँदै राति सात घण्टा बन्द गरिने जनाएको हो । राजमार्गमा राति नौ बजेदेखि बिहान ४ बजेसम्म प्रत्येक दिन बन्द हुनेछ ।

राजमार्गअन्तर्गत धुलिखेलदेखि बर्खे खोलासम्मको सडकखण्डमा चौकीडाँडा, नार्के बजार र कालढुङ्गा (भ्याकुरे खोला) देखि माम्तीखोलासम्म डाइभर्सन मर्मत भइरहेको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा तोकिएको समयमा राति गाडी नचलाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति: ६ मंसिर २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्