रवि लामिछानेविरुद्ध चितवन प्रहरीमा पनि पर्यो जाहेरी


 


काठमाडौँ, मंसिर ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापति रवि लामिछानेविरुद्ध चितवन प्रहरीमा पनि जाहेरी दर्ता भएको छ ।

चितवनस्थित सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताले लामिछानेसहित १० जनाविरुद्ध जाहेरी दिएका हुन् । लामिछानेसहित १० जनाविरुद्ध पुरक जाहेरी आएको चितवनका एसपी गौतम मिश्रले बताए ।

सहारा चितवनबाट गोरखा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार अवैध तरिकाले गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भेटिएको छ ।

गोरखा मिडियाका सञ्चालक लामिछाने र पूर्वडिआईजी छविलाल जोशी अहिले देशका विभिन्न सहकारीको रकम अपचलन र संगठित अपराधको कसुरमा प्रहरीको हिरासतमा छन् ।

प्रकाशित मिति: ६ मंसिर २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्