अभिभावक राखी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली राख्नुपर्ने लिङ्देनको भनाइ
डोटी ५ मङ्सिर। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशको समुन्नतिका लागि वर्तमान राजनीतिक व्यवस्था र नेतृत्व दुवै फेर्नुपर्ने बताएका छन् ।
राप्रपा डोटीद्वारा सदरमुकाम दिपायलमा आयोजित आमसभालाई सम्वोधन गर्दे लिङदेनले देशको अभिभावकीय भूमिकामा राजसंस्था रहनुपर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने बताए ।
‘राजसंस्थालाई अभिभावकीय भूमिकामा राख्नुपर्छ, प्रधानमन्त्रीलाई जनताले प्रत्यक्ष चुन्न पाउने व्यवस्था गरिनुपर्छ’, उनले भने, ‘यस्तो भएमात्र प्रधानमन्त्री देशभरिका जनताप्रति उत्तरदायी हुन्छ ।’
प्रकाशित मिति: ५ मंसिर २०८१, बुधबार