संविधानलाई थप विकसित र परिमार्जित गर्दै जानुपर्छ : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको अपेक्षाअनुसार काम नभएको बताएका छन् ।
विस्तृत शान्ति सम्झौता भएको दिनको स्मरणमा एक भिडिओ सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
उनले संविधान सभाबाट संविधान बनिसकेपछि संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत विकास र समृद्धीको जस्तो अपेक्षा गरेको हो त्योअनुसार नभएको भन्ने असन्तुष्टी जनतामा रहेको बताए।
अध्यक्ष प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धीको पक्षमा एउटा नयाँ संकल्प आवश्यक रहेको र जरूरी पर्दा संविधानलाई अझ विकसित र परिमार्जित गर्दै जानुपर्ने बताए।
संविधानलाई अझ विकसित र परिमार्जित गर्दै जानुपर्ने अध्यक्ष प्रचण्डको भनाई छ।
उनले शान्तिका निम्ति काम गर्ने सबै राजनीतिक दल, नागरिक समाज र आम जनताप्रति आभार धन्यवाद व्यक्त गर्दै जनअपेक्षाअनुसार सुशासन, विकास र समृद्धीको पक्षमा लाग्न सबैसँग अपिल गरे।
अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौता नै नेपालमा संविधान सभा, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्रको आधारशीला रहेको बताए।
प्रकाशित मिति: ५ मंसिर २०८१, बुधबार