रास्वपाको केन्द्रीय समिति बैठक आज पुनः बस्दै
काठमाडौँ, मंसिर ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बुधबार पुनः बस्दैछ ।
पार्टीको दोस्रो चरणको कार्यक्रम तय गर्ने विषयमा मंगलबार निष्कर्षमा पुग्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो ।
आजको बैठकले पार्टीको दोस्रो चरणको कार्यक्रमबारे ठोस निर्णय लिने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए ।
प्रकाशित मिति: ५ मंसिर २०८१, बुधबार