यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं, मंसिर ५ । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
सार्वजनिक विवरणअनुसार आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ७७ पैसा तथा बिक्रीदर १३५ रुपैयाँ ३७ पैसा रहेको छ ।
युरो १ को खरिददर १४२ रुपैयाँ २२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८५ पैसा कायम भएको छ ।
पाउण्ड स्टर्लिङ १ को खरिददर १७० रुपैयाँ २५ पैसा तथा बिक्रीदर १७१ रुपैयाँ ०१ पैसा कायम भएको छ ।
स्वीस फ्र्याङ्क १ को खरिददर १५२ रुपैयाँ ६३ पैसा तथा बिक्रीदर १५३ रुपैयाँ ३१ पैसा तोकिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९० पैसा निर्धारण भएको छ ।
त्यस्तै आज क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ १४ पैसा र बिक्री दर ९६ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ ।
प्रकाशित मिति: ५ मंसिर २०८१, बुधबार