दुर्गा प्रसाईंलाई आज अदालतमा पेस गरिँदै


 


काठमाडौं, मंसिर ५ । साइबर अपराध मुद्दामा पक्राउ मेडिकल व्यवसायी परेका दुर्गा प्रसाईंलाई आज (बुधबार) अदालतमा पेस गरिँदै छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले प्रसाईँलाई मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ गरेको थियो ।

प्रसाईंलाई सीआईबीले साइबर सेलको अनुरोधमा ‘साइबर क्राइम’ मुद्दामा समातेको हो ।

प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विवादास्पद बयान दिएपछि उनी पक्राउ परेका हुन् ।

प्रसाईंले सोमबार कम्बोडियामा टेलिकम क्षेत्रमा प्रधानमन्त्री ओलीको लगानी रहेको आरोप लगाएका थिए ।

यसअघि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य ज्वाला भनिने टीका संग्रौलालगायतको चरित्र हत्या गरेको आरोपमा ६ असोजमा पक्राउ परेका थिए ।

प्रकाशित मिति: ५ मंसिर २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्