विराटनगर किंग्सको जर्सी अनावरण, मुख्यमन्त्री कार्कीले भने -‘नेपाली क्रिकेटकाे छवि विश्वव्यापी रुपमा उत्कृष्ट’


 


विराटनगर ४ मङ्सिर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेपाली क्रिकेटले विश्वव्यापी रुपमा उत्कृष्ट र राम्रो छवि बनाएको बताउनुभएको छ ।

आज साँझ विराटनगरमा विराटनगर किंग्सको जर्सी अनावरण तथा गीत सार्वजनिकीकरण कार्यक्रममा बोल्नुहुदै मुख्यमन्त्री कार्कीले क्रिकेटबाट नेपालको विश्वमा पहिचान बनाउन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले खेलाडीसहित प्रशिक्षक र व्यवस्थापक सबै पक्ष नेपाल को सफलताको लागी बधाइको हिस्सेदार रहेको बताउनुभयो ।

उहाँले विराटनगर किंग्स नेपालको सम्राट भएर विश्वमै परिचय दिनेमा विश्वास व्यक्त गर्नुभयो । खेलकुदको विकासमा आफ्नो क्षमताभित्र रहेर सँधै साथ दिने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो‘के कस्तो सहयोग गर्नु पर्छ आफ्नो क्षमता भित्र रहेर गर्ने प्रतिबद्धता व्यक्त गर्न पाउँदा मलाई हर्षको अनुभुति भएको छ ।’ नेपालको खेलकुदमा क्रिकेट प्रति चासो बढेको भएपनि सरकारले क्रिकेटको विकासमा यथोचित सहयोग गर्न नसकिरहेको बताउदै उहाँले भन्नुभयो – ‘क्रिकेटका सबै संरचनाहरु बनाउन म सम्माननीय प्रधानमन्त्रीलाई आग्रह गर्न चहान्छु ।’ उहाँले कीर्तिपुरको रंगाशाला समयमै पूर्णता पाउने र देशभर नै खेलकुदका संरचना बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले क्रिकेटका संरचनाहरु बनाउन कोशी प्रदेश सरकार र पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यमा काम गर्ने बताउनुभयो ।

कोशीको सान हाम्रो पहिचान भन्ने नारासहित नेपाल प्रिमियर लीगमा कोशी प्रदेशको प्रतिनिधित्व विराटनगर किंग्सले गर्ने छ । त्यसमा उत्साह थप्न आज जर्सि साबर्जनिक गरिएको हो ।

कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, कोशी प्रदेशका प्रमुख सचिव केदार शर्मालगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: ४ मंसिर २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्