ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
बैतडी, मंसिर ४ । बैतडीमा ज्यान मार्ने उद्योग मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्लाको पञ्चेश्वर गाउँपालिका–५ का ६० वर्षीय प्रेम चन्द सोमवार पक्राउ परेका हुन् ।
उनलाई जिल्ला अदालत बैतडीले ज्यान मार्ने उद्योग मुद्दामा दुई वर्ष तीन महिना तीन दिन कैद सजाय र २५ हजार जरीवाना तोकेको थियो ।
सजाय तोकेकै दिनबाट फरार रहेका चन्दलाई जिल्ला प्रहरी कार्यालय बैतडीको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।
प्रकाशित मिति: ४ मंसिर २०८१, मंगलबार