श्रीलङ्कामा नयाँ मन्त्रिपरिषद् द्वारा शपथ ग्रहण
कोलम्बो ३ मङ्सिर । श्रीलङ्काको कोलम्बो स्थित राष्ट्रपति सचिवालयमा सोमबार नव गठित मन्त्री परिषदमा समावेश मन्त्रीहरूले राष्ट्रपति अनुरा कुमार दिसानायके समक्ष शपथ लिएका छन् ।
दिसानायकेको उक्त मन्त्री परिषदमा २१ जना मन्त्रीहरू रहेको तथा उपमन्त्रीहरूले पछि शपथ लिने कार्यक्रममा घोषणा गरिएको थियो ।
दिसानायकले सेप्टेम्बर–२१ को राष्ट्रपति चुनाव जितेपछि हरिनी अमरसुरिया र विजिता हेराथको सामायोनमा मन्त्रीमण्डल निर्माण गर्नु भएको छ ।
नयाँ मन्त्री परिषदमा नोभेम्बर–१४ को संसदीय चुनावमा निर्वाचित नेसनल पिपुल्स पावर ९एनपीपी० का १५९ संसद् मध्येबाट नयाँ मन्त्रीहरू चुनिएको जनाइएको छ ।
श्रीलङ्कामा समानुपाती प्रतिनिधित्व प्रणाली लागु भएपछि संसदमा कुनै राजनीतिक पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेको यो पहिलो पटक हो । नयाँ मन्त्रीमण्डलमा अमरसूरियालाई प्रधानमन्त्री र हेराथलाई विदेश मामिला, विदेश रोजगार र पर्यटन मन्त्रीको रूपमा पुनः नियुक्त गरिएको छ ।
नयाँ मन्त्रीमण्डललाई सम्बोधन गर्दै राष्ट्रपति दिसानायकले श्रीलङ्काको राजनीतिक र आर्थिक मार्ग परिवर्तन गर्न जनताले सेप्टेम्बर र नोभेम्बरमा लगातार दुई पटक एनपीपीलाई मतदान गरेको उल्लेख गर्नु भएको छ ।
जनताले एनपीपीको नीति र पार्टी सदस्यहरूको अखण्डताको आधारमा विश्वास गरेको बताउँदै उहाँले आथामी दिनमा जनताको सरकारको रूपमा काम गर्ने जनाउनु भएको छ ।
दिसानायकले श्रीलङ्काका जनताले जातीय र धार्मिक विभाजनको बीचमा आफुहरुलार्ई मतदान गरेको जनाउँदै जनताको अधिकारको संरक्षण र वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
प्रकाशित मिति: ३ मंसिर २०८१, सोमबार