बढी आयकर दाखिला गरेकोमा नेपाल टेलिकमलाई सम्मान


 


काठमाडौं । सबैभन्दा बढी आयकर दाखिला गरेकोमा नेपाल टेलिकमलाई सम्मान गरिएको छ ।

आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पु¥याएकोले नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागबाट नेपाल टेलिकमलाई सम्मान पत्र प्रदान गरिएको हो ।

शनिवार राष्ट्रिय कर दिवस २०८१ को अवसरमा आयोजित एक कार्यक्रमका बीच नेपाल टेलिकमलाई उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मान गरेका हुन् । टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले सो सम्मान ग्रहण गरिन् ।

आन्तरिक राजस्व विभागले हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ । सोही दिन उत्कृष्ट करदातालाई सम्मानित पनि गर्ने गरेको छ । सो अवसरमा नेपाल टेलिकमसहित सबैभन्दा धेरै कर तिर्ने अन्य व्यक्ति र संस्थालाई सम्मान गरिएको छ ।

प्रकाशित मिति: २ मंसिर २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्