आफ्नो तस्बिरसहित अनलाइन जुवाको प्रचार गरिएपछि स्वस्तिमाको आपत्ति


 


काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले आफू गैरकानुनी एपबाट टाढा रहेको बताएकी छन् ।

आफूलाई व्यावसायिक दूत बनाएको दाबी गर्दै एक गेमिङ एपले विज्ञापन गरेको विषयमा उनले आपत्ति समेत प्रकट गरेकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुक स्ट्याटसमार्फत उक्त अवैध प्लेटफर्ममा आफ्नो नाम र तस्बिर दुरुपयोग भएको बताएकी छन्।

‘मलाई ब्रान्ड एम्बास्डरको रूपमा अनुबन्ध गरिएको भन्दै एक गेमिङ एपले सामाजिक सञ्जालमा विज्ञापन गरिरहेको छ’, स्वस्तिमाले अगाडि भनेकी छन्– ‘म यस्ता गैरकानुनी एपबाट कोसौँ टाढा छु । यस्ता पोस्टहरू देख्नुभयो भने रिपोर्ट गरिदिनुहोला ल ।’

उनले यस्ता विषयमा नेपाल प्रहरीले कारबाही गर्ने विश्वास समेत राखेकी छन् ।

प्रकाशित मिति: ३ मंसिर २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्