माओवादीको पदाधिकारी बैठक स्थगित
काठमाडौं, मंसिर ३ । नेकपा (माओवादी केन्द्रको आज (सोमबार) बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ ।
माओबादी केन्द्रले सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी पदाधिकारी बैठक बोलाएको थियो ।
अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को कार्यव्यस्तताका कारण बैठक स्थगित भएको माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए । उनका अनुसार बैठक मंगलबार अपराह्न ४ बजे बस्नेगरी बैठक स्थगित भएको छ ।
बैठकमा स्थानीय तह उपनिर्वाचन, पार्टीको पालिका सम्मेलन, केन्द्रीय समितिको बैठकलगायतका एजेण्डामा छलफल गर्ने तयारी गरिएको छ ।
प्रकाशित मिति: ३ मंसिर २०८१, सोमबार