रवि लामिछानेलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले पनि दियो अनुमति


 


काठमाडौं, मंसिर ३ । पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौं पनि अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले पनि सहकारी बचत रकम हिनामिना अनुसन्धानकै लागि लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको हो ।

यसअघि सहकारी बचत रकम हिनामिना अनुसन्धानका लागि जिल्ला अदालत कास्कीको अनुमतिपछि पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले पनि त्यही कसुरमा पक्राउको अनुमति दिएको थियो ।

अदालतले कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको बचत ठगीमा अनुसन्धान गर्न लामिछानेसहित गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशीलाई पक्राउ अनुमति दिएको छ ।

जोशी पनि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । स्वर्णलक्ष्मी प्रकरणमा प्रहरीले यसअघि गोर्खा मिडिया प्रालिका अध्यक्ष जीबी राईसहित २४ जनाविरुद्ध पक्राउ अनुमति लिइसकेको छ ।

प्रकाशित मिति: ३ मंसिर २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्