उपनिर्वाचन : देशभर ४०७ जनाको उम्मेदवारी, आज विरोधमा उजुरी दिन सकिने
काठमाडौँ, मंसिर ३ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज (सोमबार) उम्मेदवारको विरोधमा उजुरी दिन सकिने भएको छ ।
विहान १० देखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । यस्तै मङ्सिर ४ गते अपरान्ह ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
यस्तै मंसिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
यही मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । विभिन्न ४२ पदका लागि चार सय सात जनाको मनोयन पत्र दर्ता भएको छ । जिसस प्रमुख पदका लागि पनि तीन जनाको उम्मेदवारी दर्ता भएको छ ।
प्रकाशित मिति: ३ मंसिर २०८१, सोमबार