यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं, मंसिर ३ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ ।
यूरोपियन यूरो १ को खरिददर १४२ रुपैयाँ चार पैसा र बिक्री दर १४२ रुपैयाँ ६७ पैसा कायम भएको छ ।
पाउण्ड स्टर्लिङ १ को खरिददर १७० रुपैयाँ चार पैसा र बिक्री दर १७० रुपैयाँ ८० पैसा निर्धारण भएको छ ।
स्वीस फ्याङ्क १ को खरिददर १५१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४० पैसा तोकिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ सात पैसा र बिक्रीदर ८७ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।
यसैगरी क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ६२ पैसा बिक्री दर ९६ रुपैयाँ पाँच पैसा तोकिएको छ ।
प्रकाशित मिति: ३ मंसिर २०८१, सोमबार