प्राधिकरणद्धारा बस्न योग्य घर भएकालाई अनुदान रकम फिर्ता गर्न आग्रह
काठमाडाैं, माघ २७
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बस्न योग्य नै घर भएका र अन्यत्र पनि घर भएकाले अनुदान रकम लिएको भए तत्काल फिर्ता गर्न आग्रह गरेको छ । बस्न योग्य घर भएकाले पनि झुटो विवरण पेश गरी अनुदान लिएको गुनासो आएपछि प्राधिकरणले आज सार्वजनिक सूचना निकालेर रकम फिर्ता गर्न आग्रह गरेको हो ।
यस्तै अनुदानका लागि लाभग्राहीको सूचिमा नाम भरेकालाई पनि तत्काल आफ्नो नाम हटाउन प्राधिकरणले आग्रह गरेको छ । सम्बन्धित जिल्ला समन्वय समितिको सचिवालयमा सम्पर्क गरी १५ दिन भित्र नाम नहटाय वा रकम फिर्ता नगरे कारवाही गर्ने प्राधिकरणले जनाएको छ । यस्तै प्राधिकरणले भूकम्प प्रभावित जिल्लाबाट आएका गुनासोको फर्छ्यौट गर्ने काम भइरहेको पनि जनाएको छ ।
प्रकाशित मिति: २७ माघ २०७३, बिहिबार