चीनको एक कलेजमा जथाभावी चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु
एजेन्सी । चीनमा एक युवाले जथाभावी चक्कु प्रहार गर्दा आठ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
वुशी सहरको एक कलेजमा २१ वर्षका विद्यार्थीले जथाभावी चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ ।
चक्कु प्रहार गर्ने युवा पनि त्यही कलेजका विद्यार्थी रहेको बताइएको छ ।
यस अघि इन्टर्नशीपमा कम पैसा दिएको भनेर असन्तुष्टि पोखिरहेका ती विद्यार्थीको परीक्षामा खराब नतिजा आएपछि कलेजले प्रमाणपत्र दिन अस्विकार गरेको थियो ।
प्रकाशित मिति: २ मंसिर २०८१, आइतबार