कैलालीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु
धनगढी, मंसिर २ । कैलालीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
लम्कीचुहा नगरपालिका–१ पूर्व लम्कीस्थित सुदूरपश्चिम प्रदेश ०१००१ ख ९९६ नम्बरको पवनदुत यातायातको बसले ठक्कर दिँदा घोडाघोडी नगरपालिका–३ का ३८ वर्षीय दिपक कडेलको बसको ठक्करबाट मृत्यु भएको हो ।
बसको ठक्करबाट घाइते भएका कडेलको उपचारको क्रममा शनिबार मृत्यु भएको हो । बस र बस चालक कैलालीको लम्कीचुहा नगरपालिका–८ का ३२ वर्षीय नेत्रप्रसाद देवकोटालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रकाशित मिति: २ मंसिर २०८१, आइतबार