नेकपा बहुमतले स्थानीय तह उपनिर्वाचन बहिस्कार गर्ने


 


काठमाडौं, मंसिर २ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आसन्न स्थानीय तह उपनिर्वाचन बहिस्कार गर्ने भएको छ ।

पार्टी महासचिव कञ्चनले एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचन बहिस्कार गरिएको जानकारी दिएका हुन् । उनले नेता कार्यकर्तालाई निर्वाचन बहिस्कार गर्न निर्देशन दिएका छन् ।

विभिन्न कारणले रिक्त रहेका देशका केही स्थानीय तहहरूमा यही मङ्सिर १६ गते उपनिर्वाचनको मिति निर्धारण गरिएको छ ।

प्रकाशित मिति: २ मंसिर २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्