यी दुई प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना
काठमाडौँ, मंसिर २ । हाल देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव छ । जसले गर्दा अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने देशका तराई भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।
जल तथा मौसम विज्ञान विभाग पूर्वानुमा महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: २ मंसिर २०८१, आइतबार