गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अब पूर्ण रुपमा चल्छ : अर्थमन्त्री पौडेल
रुपन्देही १ मङ्सिर। अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अब पूर्ण रूपमा चल्ने बताउनुभएको छ ।
भैरहवामा पत्रकारसँग कुराकानी गर्दै मन्त्री पौडेलले चल्छ चल्छ, चल्ला र भन्दा भन्दै चल्न थालेको बताउँदै अब विमानस्थल पूर्ण रूपमा चल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने नेपाल सरकारको पछिल्लो निर्णय आंशिक रूपमा कार्यान्वयन हुँदा यो रूपमा चलेको छ, उक्त निर्णय पूर्ण रूपमा कार्यान्वयन हुँदा पूर्ण क्षमतामा चल्छ।’
यस अन्तर्राष्ट्रिय विमानस्थलको उज्ज्वल भविष्य देख्न चाहने सबैबाट सकारात्मक प्रस्तुति र सहयोग होस् भन्ने अपेक्षा गरेको अर्थमन्त्री पौडेलले बताउनुभयो ।
प्रकाशित मिति: १ मंसिर २०८१, शनिबार