कांग्रेसले कीर्तिपुरको मेयरमा डंगोललाई उम्मेदवार बनाउने


 


काठमाडौँ १ मङ्सिर। नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उठाउने निर्णय गरेको छ ।

शनिबार बसेको कांग्रेस बागमती प्रदेश संसदीय समितिको बैठकले सो निर्णय गरेको हो ।

मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि सो नगरपालिकाको प्रमुखमा डंगोललाई उठाउने निर्णय भएको कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाले कांग्रेस जिल्ला कार्य समिति काठमाडौँलाई परिपत्रमार्फत जानकारी गराएका छन् ।

प्रकाशित मिति: १ मंसिर २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्