कृषि बिकास बैकले गाउँ–गाउँमा सेवा पुर्याउँछ : प्रमुख कार्यकारी अधिकृत सिटौला


 


निरोज कोइराला
भोजपुर, माघ २६

कृषि बिकास बैक गाउँ गाउँमा सेवा पुर्याउने बैक भएकाले यसको सेवा पनि प्रभावकारी रहेको कृषि बिकास बैकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले बताएका छन ।

कृषि बिकास बैक भोजपुरको आधुनिक बैंकिङ्ग सेवाको बुधवार उदघाटन गर्दे प्रमुख कार्यकारी अधिकृत सिटौलाले गरिबी निवारण र आर्थिक बिकासका लागि खुलेको बैकले अहिले अन्य बैकहरु सरह प्रतिस्पर्धी बन्दै बैकिङ्ग सेवा समेत शुरु गरेको बताए । अन्य बैकहरु भन्दा कृषि बिकास बैकको नेटवर्क र संरचना पनि राम्रो भएकाले यो बैकले दिने सेवा पनि प्रभावकारी हुने बताए ।

भोजपुरमा २०३२ सालमा कृषि बिकास बैकले सेवा शुरु गरेको बताउँदै सिटौलाले उद्योग, कृषि र ठुला साना ब्यवसायमा पनि अव कृषि बिकास बैकले लगानी गर्ने बताए ।

सोहीक्रममा उपमहाप्रवन्धक शेषरमण आचार्यले २ सय ५० कार्यालय मार्फत अहिले कृषि बिकास बैकले सेवा दिदै आइ रहेको बताउँदै धैरे पूँजी र कर्मचारी भएको बैक कृषि बिकास बैक भएको बताए । उनले बैकले एबिबिएस सेवा समेत शुरु गरेको बताए ।

सो क्रममा सहभागि अन्य बत्ताहरुले पुरानो बैक कृषि बिकास बैकले बैकिङ्ग सेवा शुरु गरेर राम्रो काम गरेको बताउँदै सदरमुकाम केन्द्रित सेवा मात्र नभएर द्वन्द्वको समयमा जिल्लाको ग्रामीण क्षेत्रहरुबाट हटेका बैकका उपशाखाहरु समेत पुनस्थापनामा बैकले ध्यान दिनु पर्ने बताएका थिए ।

उद्योग बाणिज्य संघ भोजपुरका अध्यक्ष डम्वर श्रेष्ठले स्यानिय निकायबाट एकीकृत सम्पति करका नाममा बढी रकम सर्वसाधारणबाट लिने गरेका कारणले पनि भोजपुरमा लगानी गर्ने बातावरण कम भएको बताएका थिए ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी अजुर्नकुमार शर्माले बैकले आधुनिक प्रबिधीमा शुरु गरेको बैंकिङ्ग सेवाले जिल्लावासीलाई नै फाइदा हुने बताए ।

सेवाको शुरुवातसँगै स्थानियहरुले कृषि बिकास बैकमा खाता समेत खोल्न थालेको बैकका प्रवन्धक अविनाश राना मगरले बताएका छन ।

प्रकाशित मिति: २६ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्