मेडिकल कलेजमा आगो लाग्दा १० शिशुको मृत्यु
काठमाडौ । भारत उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजम शुक्रबार राति भीषण आगलागी हुँदा १० नवजात शिशुको बालबालिकाको मृत्यु भएको छ ।
आगलागीमा १६ जना गम्भीर घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राति ११ बजेतिर आगलागी हुँदा अस्पताल भागदौड मच्चिएको थियो ।
अग्नी नियन्त्रकको टोलीले घटनास्थल पुगेर ३७ बालबालिकालाई सकुशल निकालेको थियो । दुर्घटना हुँदा एनआईसीयूमा ५४ जना बालबालिका भर्ना भएका थिए ।
झाँसीका जिल्ला अधिकारी अविनाश कुमारले आगलागीको कारण विद्युत सर्किट सर्ट भएको हुनसक्ने बताएका छन् ।
प्रकाशित मिति: १ मंसिर २०८१, शनिबार