पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा हुस्सु


 


काठमाडौँ, मंसिर १ । हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसले गर्दा अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ ।

जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई भूभागका केही स्थानमा अहिले बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ । बाँकी भूभागमा दिउँसो आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाले गरेको छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो हल्का वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली नै रहने छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: १ मंसिर २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्