डिजल र मट्टितेलको मूल्य तीन रुपैयाँ बढ्यो


 


काठमाडौँ, ३० कात्तिक। नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य बढाएको छ ।

शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मिट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । यो मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेछ ।

मूल्य बढेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५०.५० रुपैयाँ कायम भएको छ।

यस्तै सुर्खेत र दाङमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ भने काठमाडौं, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको मूल्‍य प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ । तर, पेट्रोलको मुल्‍य भने बढाइएको छैन।

प्रकाशित मिति: ३० कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्