काँग्रेस-एमाले गठबन्धन ०८४ सम्म रहन्छ : सभापति देउवा


 


डडेल्धुरा ३० कात्तिक। नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस–एमाले गठबन्धन ०८४ सम्म टिक्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुकको परिस्थितिलाई आँकलन गरेर गठबन्धन भएको बताउनुभयो ।

एक सातादेखि आफ्नो गृह जिल्ला डडेल्धुरामा रहनुभएका देउवाले काँग्रेस(एमालेको गठबन्धन सरकारले मात्रै स्थायित्व दिने सक्ने भएकाले ठुला दुई दल मिलेको प्रस्ट्याउनुभयो ।

पत्रकारहरूको प्रश्नको जवाफ दिनुहुँदै उहाँले सहकारीबाट पीडितहरूको बचत रकम तत्काल फिर्ता गराउन पहल गर्ने बताउनुभयो ।

आजै उहाँकी धर्मपत्नी एवम् परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा पनि डडेल्धुरा पुग्नुभएको छ ।

प्रकाशित मिति: ३० कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्