नेपाल बैंकलाई व्यवस्थित गर्न गभर्नर अधिकारीको निर्देशन
काठमाडौँ, ३० कात्तिक । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल बैंकलाई व्यवस्थित गर्न बैंक व्यवस्थापनलाई निर्देशन दिनुभएको छ।
शुक्रबार नेपाल बैंक लिमिटेडको ८८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै गभर्नर अधिकारीले बैंकको बोर्ड र प्रमुख कार्यकारी अधिकृतलाई यस्तो निर्देशन दिनुभएको हो। उहाँले कार्यक्रममा कर्मचारी ट्रेड युनियनका प्रतिनिधिले उठाएका विषय गम्भीर रहेको भन्दै गभर्नर अधिकारीले यस्तो निर्देशन दिनुभयो।
नेपाल बैंक राज्यको ठूलो लगानीको साथै विदेशी ऋणमार्फत रिकर्भर गरिएको स्मरण गर्दै आगामी दिनमा फेरि ‘मिस म्यानेजमेण्ट भएको विषय सुन्नुनपर्ने गरी काम नगर्न आग्रह गर्नुभयो। उहाँले नेपाल बैंकलाई राज्य ठूलो मेहनत गरेर रिकभरपछि बनेका बैंकिङ नीति र गाइडलाइन कार्यान्वयन गर्न नयाँ जनशक्ति बैंकभित्र आएपछि नेपाल बैंक र वाणिज्य बैंकलाई नयाँ रुप दिएको बताउनुभयो।
उहाँले विगतका गलत व्यवस्थापन हटेर नयाँ किसिमले बैंक अगाडि बढिसकेको भन्दै अब फेरि बैंकलाई त्यो बाटोमा जान रोक्न नेपाल राष्ट्र बैंकले नियमन गर्नुपर्ने स्थिति नल्याउन आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो, ‘‘नेपाल राष्ट्र बैंकले ग्राहक व्यवस्थापनको लागि छुट्टै मेकानिजम बनाइरहेका छौँ। उपभोक्ता संरक्षण सम्बन्धि छुट्टै डिभिजन छ। जसले प्रोडिन्सियल सुपरभिजनका साथै मार्केट कन्डक्ट सुपर भिजन गर्न सुरु गरेका छौँ। बैंकले ग्राहकलाई नचाहिँदो किसिमको दुःख हुने किसिमको टर्चर भइरहेको सुनिन्छ। बैंक तथा वित्तीय संस्थाका कार्यालयलाई मार्केट कन्डक्ट सुपर भिजनको सचेतना आवश्यक छ।’’
उहाँले थप भन्नुभयो, ‘‘नेपाल बैंकलाई राज्य ठूलो मेहनत गरेर रिकभर गरेको थियो। विदेशी ऋण समेत लिएर रिकर्भर गराएको हो। त्यसपछि जस्ता किसिमका बैंकिङ नीति र गाइडलाइन बने त्यसलाई कार्यान्वयन गर्न नयाँ जनशक्ति बैंकभित्र आयो। नेपाल बैंक र वाणिज्य बैंकलाई नयाँ रुप दिएको हो। विगतका गलत व्यवस्थापन हटेर नयाँ किसिमले बैंक अगाडि बढी सकेको हो। अब फेरि बैंक मिस म्यानेजमेण्ट हुँदैछ। भन्ने कुरा हामीले सुन्न नपरोस्। बैंकको बोर्ड र बैंकको प्रमुख कार्यकारी अधिकृतलाई हार्दिक अनुरोध हो। भोलिको दिनमा यो कुरालाई नेपाल राष्ट्र बैंकले नियमन गर्न नपरोस्। यस्ता कुराले कर्मचारीको मनोबललाई असरपार्छ।’’
उहाँले नेपाल राष्ट्र बैंकले ग्राहक व्यवस्थापनको लागि छुट्टै मेकानिजम बनाइरहेको बताउनुभयो। उहाँले उपभोक्ता संरक्षण सम्बन्धि छुट्टै डिभिजन बनाए प्रोडिन्सियल सुपरभिजनका साथै मार्केट कन्डक्ट सुपरभिजन गर्न सुरु गरेको बताउनुभयो। उहाँले बैंकले ग्राहकलाई नचाहिँदो किसिमको दुःख नदिन निर्देश दिँदै बैंक तथा वित्तीय संस्थाका कार्यालयलाई मार्केट कन्डक्ट सुपर भिजनको सचेतना आवश्यक रहेको बताउनुभयो।
प्रकाशित मिति: ३० कार्तिक २०८१, शुक्रबार