६.३ रिक्टर स्केल भूकम्प


 


क्वेटा (पाकिस्तान), माघ २६

बुधबार बिहान सबेरै पाकिस्तानमा ६.३ रिक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भौगोर्लिक सर्वेक्षण संस्थाले सो जानकारी दिएको छ ।

तर भूकम्पबाट मानवीय र सम्पत्ती क्षतिको कुनै समाचार प्राप्त नभएको बताइएको छ । स्थानीय समयाअनुसार बुधबार बिहान ३ बजे सो भूकम्प गएको हो ।

सो भूकम्पको केन्द्रविन्दु दक्षिणपश्चिमी तटीय सहर पास्नीबाट २३ किलोमिटर टाढा रहेको छ । सन् २०१५ को अक्टोबरमा पाकिस्तानी र अफगानिस्तानको सीमा क्षेत्रमा गएको ७.५ रिक्टर स्केलको भूकम्पबाट करिब चार सय व्यक्तिको मृत्यु भएको थियो ।

सन् २००५ को अक्टोबर ८ मा पाकिस्तानको नियन्त्रित काश्मिरमा गएको ७.६ रिक्टर स्केलको भूकम्पबाट करिब ७३ हजार व्यक्तिको मृत्यु भएको थियो ।

यस भूकम्पको कारण करिब तीन लाख ५० हजार व्यक्ति घरवारविहिन भएका थिए । रासस/सिन्ह्वा

प्रकाशित मिति: २६ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्