आज चारवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् एजेण्डा
काठमाडौं, कार्तिक ३० । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ ।
आज कानुन, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ । बैठकमा समितिले गर्ने स्थलगत अनुगमन तथा समितिका कामकारबाहीका विषयमा छलफल हुनेछ ।
दिउँसो सवा १ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । जसमा कार्यविधिको मस्यौदामाथि छलफल हुनेछ ।
दिउँसो १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ । बैठकमा पर्सा र चितवन राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा गरिने कार्यसूची छ ।
प्रकाशित मिति: ३० कार्तिक २०८१, शुक्रबार