बैतडीको विश्वनाथ मन्दिरमा तोडफोड गरी सुनसहित दानपेटिका चोरी


 


धनगढी, कार्तिक ३० । बैतडीको पाटन नगरपालिका ३ मा रहेको बनारसी धामको विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिमा तोडफोड गरेर चोरी भएको छ ।

मन्दिरमा चढाइएको सुन, दानपेटिका, शंख, घन्टसहित आरती, घन्ट, कलस, श्रृङ्गार पोशाक, पुस्तक, पूजा सामग्रीलगायतका सामान चोरी भएको मन्दिर समितिले जानाएको छ । समितिका अनुसार मन्दिरमा चोरी हुँदा करिब छ लाख बराबरको क्षति भएको छ ।

बुधबार राति मन्दिरमा चोरी भएको भन्दै व्यवस्थापन समितिले अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनमा निवेदन दिएको छ । प्रहरीले यसबारे थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।

प्रकाशित मिति: ३० कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्