भोलिदेखि बंगलादेशमा विद्युत निर्यात हुँदै


 


काठमाडौं २९ कात्तिक। नेपालबाट बंगलादेश विद्युत निर्यात हुने भएको छ । ८ वर्षको प्रयासपछि भोलिदेखि नेपालको बिजुली भारत निर्यात हुनेछ ।

भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी) अनुमती दिएपछि नेपालबाट बंगलादेशमा विद्युत् निर्यात हुने भएको हो ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोषले भोलीदेखि नेपालको बिजुली बंगलादेशमा निर्यात हुने बताए ।

उनले भने, ‘भोलिबाट नेपालको बिजुली बंगलादेश निर्यात हुने छ । भोलि १२ः४५ बजेबाट ४० मेगावाट विद्युत् निर्यात गर्ने छौं । ८ वर्ष पहिलेदेखि बंगलादेशलाई बिजुली बेच्ने छलफल भएको थियो । अब भोलीबाट भने निर्यात हुने छ ।’

प्रकाशित मिति: २९ कार्तिक २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्