वर्ल्डलिंकद्वारा गौरीशंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसनले सामाजिक उत्तरदायित्वसम्बन्धी परियोजनाअन्तर्गत दोलखास्थित गौरीशंकर बालगृह पूर्णरूपमा मर्मत गरेर हस्तान्तरण गरेको छ ।
वर्ल्डलिंकले २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएको बालगृह भवनको छाना चुहिएको तथा भित्ता र झ्यालढोका मर्मत तथा रङरोगनलगायत शौचालय, स्नानगृहको पुन: निर्माण गरेको जनाएको छ । बालगृहका १७ जना बालकहरूलाई डस्ना, कम्बल र स्टेशनरी पनि प्रदान गरेको विज्ञप्तीमा उल्लेख छ ।
हस्तान्तरण कार्यक्रममा वर्ल्डलिंककी सामाजिक उत्तरदायित्व कार्यक्रमकी प्रमुख अनुपा भण्डारी जालानले बालकल्याणका लागि अधिक सक्रियता प्रदर्शन गर्नुपर्ने आवश्यकता रहेको औंल्याइन् ।
भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले अन्य संस्थाहरूलाई यस प्रकारका सामाजिक दायित्वका कार्यहरूमा सक्रिय हुन प्रेरित गर्दै वर्ल्डलिंकलाई धन्यवाद दिए ।
प्रकाशित मिति: २९ कार्तिक २०८१, बिहिबार