राष्ट्रपति रामचन्द्र पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता


 


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अजरबैजानका राष्ट्रपति ईलहाम अलियेफसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति पौडेलले गणतन्त्र अजरबैजानका आफ्ना समकक्षी ईलहाम अलियेफसँग बाकुमा भेटवार्ता गरेका हुन्।

उनले सबै विकसित मुलुकहरूलाई जलवायु परिवर्तनका असरहरू सम्बोधन गर्न व्यक्त गरिएका आफ्ना प्रतिबद्धताहरू पूरा गर्न आग्रह गरे।

राष्ट्रपति पौडेलले नेपालले अत्यन्त न्यून कार्बन उत्सर्जन गरेपनि जलवायु परिवर्तनको ठुलो प्रभाव व्यहोरी रहेको बताए ।

उनले हिमालमा भएका हिउँ पग्लिरहेको, तल्लोतटीय क्षेत्रका जनसंख्यालाई स्वच्छ खानेपानीको स्रोत घटी रहेको एवं जलवायु परिवर्तनबाट निःसृत प्राकृतिक विपद्‍बाट हरेक वर्ष ठुलो जनधनको क्षति भइरहेको जानकारी दिँदै यस वर्ष पनि बेमौसमी भारी वर्षाका कारण नेपालले देशव्यापी जनधनको ठुलो क्षति व्यहोर्नुपरेको स्मरण गरे ।

सन् १९९१ मा स्वतन्त्र भएपछि अजरबैजानले हासिल गरेको वृहत् विकास र आर्थिक रूपान्तरणको राष्ट्रपति पौडेलले प्रशंसा गरे ।

उहाँले राजनीतिक परिवर्तनपछि नेपाल हाल आर्थिक विकासको बाटोमा अघि बढिरहेका र सरकारको प्राथमिकता दिगो आर्थिक विकास भएको बताए ।

राष्ट्रपति पौडेलले अजरबैजानका उहाँका समकक्षी अलियेफको सक्षम नेतृत्वमा आयोजना भइरहेको कोप २९ को पूर्ण सफलताका लागि बधाई दिँदै सम्मेलनले पारित गर्ने घोषणापत्रले नेपाल जस्ता अत्यन्त न्यून कार्बन उत्सर्जन गर्ने तर जलवायु परिवर्तनको ठुलो असर व्यहोरिरहेका मुलुकहरूको हक र हित संरक्षण गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: २९ कार्तिक २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्