न्युरोड क्षेत्रका अव्यवस्थित बिजुलीका पोल र तार हटाउँदै काठमाडौं महानगर


 


काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा अव्यवस्थित बिजुलीका पोल तथा तारहरूलाई हटाउन सुरू गरेको छ।

काठमाडौं महानगर र नेपाल विद्युत प्राधिकरणले संयुक्त रूपमा तार हटाउने काम गरिरहेको हो।

न्युरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोक क्षेत्रसम्म फुटपाथको बीचमा रहेका बिजुलीको पोल र तार हटाउने काम धमाधम भइरहेको छ।

सबै तारहरू भूमिगत गरेर सेवा सञ्चालन गरेसँगै बिहीबार प्राधिकरणले तार र पोलहरू हटाउने काम अगाडि बढाएको हो ।

लामो समयको विवादपछि विस्तार गरिएको जुद्द शालिक इन्द्रचोक फुटपाथको बीचमा रहेको बिजुलीको पोल र तार हटाउने कार्य अगाडि बढेको छ।

फुटपाथ बढाइएका क्षेत्रमा विधुतका तार र केबल भूमिगत गरिएको महानगरले जनाएको छ।

विद्युत र इन्टरनेट सेवाका तारहरूलाई सो क्षेत्रमा भूमिगत गरिएसँगै आज महानगरले पोल र तार हटाएको हो।

प्रकाशित मिति: २९ कार्तिक २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्