एसएलसी नतिजा र सामाजिक संजालमा उब्जिएका आरोप, प्रत्यारोप
यतिबेला हरेक नेपालीको बीचमा हालै प्रकाशित एसएलसी रिजल्टको बारेमा सकरात्मक, नकारात्मक चासो, चिन्ता र बहस देख्नु सुन्नु पाइन्छ । पहाडी जिल्लाका सामुदायिक बिद्यालय भूगोल, आदि अध्यन गर्दा किन धेरै विद्यार्थी फेल हुन्छन ? किन पहाडी जिल्लाका सामुदायिक बिद्यालयहरु बढी विद्यार्थी फेल हुन्छन ? यो सबैको चिन्ता र चासोको बीषय हो ।
मेरो बुझाइमा विद्यार्थी फेलहुनुमा ५० प्रतिशत शिक्षक ४० प्रतिशत विद्यार्थी र १० प्रतिशत अभिभावक जिम्मेवार देखिन्छन् ।
१. शिक्षक राजनीति मुखी हुनु ।
२. राजाको काम कहिले जाला घाम जस्तो आफ्नो भुमिका निर्बाह नगर्नु । कुनै बाहिरी ज्ञानको जानकारी गराउन विद्यार्थीहरुलाई गराउन नसक्नु ।
३. शिक्षकहरु स्थानीय भएमा आफ्नो घरको काममा बढी ध्यानाकर्षण हुनु, खेतीपाती, बिहेभोज आदिमा समय खर्चनु ।
४. बिधालय समयमा विद्यार्थीहरुलाई अनुसासनमा राख्न नसक्नु ।
५. कक्षाकोठामा मोबाइल विद्यार्थीहरुलाई प्रयोग गर्न दिनु ।
६ . कुनै जानकारी बिना नै बिदा बस्नु , हाजिर मिलेमतोमा गर्नु ।
७. जिल्ला शिक्षा निर्देशनालय बाट बिधालयहरुको निरीक्षण जानकारी नलिनु ।
८. बिधालय ब्याबस्थाप समितिलाई अधिकार बिहिन जिल्ला शिक्षा कार्यालय बाट बनाउनु ।
९ कुनै पनि शिक्षकहरुको गल्ती कमजोरी भए पनि लुकाउनु खोज्नु , शिक्षक संघ मार्फत जिल्ला शिक्षा कार्यालय घेराउ गर्दे राजनीति गर्नु ।
विद्यार्थी
१. आफ्नो जिन्दगी र शिक्षाको महत्व नबुझ्नु ।
२. जिल्ला गाउँ घरमा उच्च शिक्षा हासिल गरेपनि कुनै सरकारी या प्राइभेट नोकरी नमिल्नु । उच्च शिक्षाहासिल गरेको दक्ष जनशक्ति सहरमुखी हुनु ।
३. सरकारी निकाय बाट कुनै पनि गाउँ मुखी रोजगार सिर्जना गर्न नसक्नु ।
४. पढनु भन्दा वैदेशिक रोजगारमा बिदेश जाने सोचको बिकास हुनु । बिदेशमा शिक्षा र सैक्षिक योग्यताको आधारमा रोजगार मिल्छ भन्ने सोचको बिकास नहुनू , यद्यपि उच्च शिक्षा हासिल गरेका युवाहरूलाई बिदेशी कम्पनीहरुमा, एकाउन्ट, सुपरिटेन्डेन्ट, सुपरभाइजर, बैंक, होटेल, सुपरमार्केट आदिमा राेजगारी मिल्छ भन्ने जानकारी नहुनू ।
५. पल्लो घरे काकाले, मास्टर , ओल्लो घरे दाजुले ब्याजलर गरेर खै रोजगार पाउनु भएको बरु तल्लो घरे दाजुले बिदेश बाट राम्रो आम्दानी र कमाइ गर्नु भएको छ भन्ने मानसिकता बिकास हुनु ।
६. सामाजिक संजालमा लिप्त हुनु ।
अभिभावक
१. आफ्नो छोराछोरीहरुलाई ९० प्रतिशतले घरेलु कामहरु लगाउनु ।
२. अभिभावक कहिले पनि आफ्नो छोराछोरीको पढाईको जानकारी स्कुल प्रशासनसंग नलिनु ।
३. आफ्नो छोराछोरीहरुको चाहना र हाजिरको बारेमा जानकारी नलिनु, स्कुल र शिक्षकहरुको भरोसामुखीहुनु ।
४. स्कुल तीन सय ६५ दिनमा सरकारी बिदा बाहेक कति दिन छोराछोरी स्कुल हाजिर भएको छ जानकारी नलिनु ।
लेखकका यी नीजि विचार हुन् ।
प्रकाशित मिति: ६ असार २०७२, आइतबार