रास्वपाका उपसभापतिसहित २० जनाविरुद्ध अवहेलना मुद्दा दर्ता
काठमाडौँ, कार्तिक २९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेसहित २० जनाविरुद्ध अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।
अदालतको अवहेलना हुने गरी बोलेको भन्दै उनीहरूविरुद्ध सर्वोच्च अदालतमा बुधबार अवहेलना मुद्दा दर्ता गरिएको हो । मुद्दामा सर्वोच्चले मंसिर ३ गते प्रारम्भिक सुनुवाइका लागि पेसी तोकेको छ ।
मुद्दामा रास्वपाका सबै सांसदसहित २० जनालाई विपक्षी बनाइएको छ । सांसदहरूले नै अदालत र न्यायाधीशको विषयमा अनर्गल प्रचार गरेकाले अदालतको अवहेलना भएको निवेदकको दाबी छ ।
निवेदनमा उनीहरूलाई हदैसम्मको कार बाही गरी सजाय दिलाउन माग गरिएको छ ।
अधिवक्ता अनुपम भट्टराईले रास्वपाका केन्द्रीय पदाधिकारीले आन्दोलनका क्रममा पोखरामा भाषण गर्दा अदालतको अवहेलना हुने गरी बोलेको भन्दै सर्वोच्चमा निवेदन पेस गरेका थिए ।
सर्वोच्च प्रशासनले भने अवहेलना मुद्दा दर पीठ (दर्ता गर्न नमिल्ने) आदेश गरेपछि इजलासले बदर गर्दै दर्ता गर्न आदेश गरेको थियो ।
पूर्व गृहमन्त्री लामिछाने पक्राउ परेपछि पोखरामा रास्वपाले आन्दोलन गरेको थियो । आन्दोलनको क्रममा रास्वपाका सबै सांसदले अदालतको अवहेलना गरेको निवेदकको दाबी छ ।
प्रकाशित मिति: २९ कार्तिक २०८१, बिहिबार