गण्डकी प्रदेश सभा सदस्य गौचनको हृदयघातबाट निधन
पोखरा, कार्तिक २९ । गण्डकी प्रदेशकी प्रदेश सभा सदस्य विमला गौचनको हृदयघातका कारण निधन भएको छ ।
डेंगु बिरामी भएपछि उनी ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी गौचनलाई गएराति १२ बजे हृदयाघात भएपछि निधन भएको हो ।
उनलाई केही समयअघि दामोदर कुण्डमा लेक लागेर हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो । म्याग्दीकी गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन् ।
प्रकाशित मिति: २९ कार्तिक २०८१, बिहिबार