नेपाली भूमिमा प्रवेश गरेका दुई बङ्गलादेशी नागरिक पक्राउ
झापा, कात्तिक २९ गते । सशस्त्र प्रहरी बलले दुई जना बङ्गलादेशी नागरिकलाई काँकडभिट्टाबाट पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बलको सतिघट्टा बोर्डर आउट पोस्टको टोलीले उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो ।
आफ्नो परिच खुल्ने कुनै कागतपत्र नभएका उनीहरुका साथबाट एक हजार पाँच सय टाका र दुई थान मोवाइल बरामद भएको सशस्त्र प्रहरी बल २ नं. गणका सूचना अधिकारी महेशराज बिष्टले बताए ।
सशस्त्रले उनीहरुर्ला काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाएको छ । सो कार्यालयले उनीहरुलाई आज काठमाडौंस्थित अध्यागमन विभाग पठाउने जनाएको छ ।
प्रकाशित मिति: २९ कार्तिक २०८१, बिहिबार