यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं, कार्तिक २९ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३१ पैसा कायम भएको छ ।
युरोपियन युरो १ को खरिददर १४२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६० पैसा तोकिएको छ ।
युके पाउण्ड स्टर्लिङ १ को खरिददर १७१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३५ पैसा कायम भएको छ ।
स्वीस फ्रयाङ्क १ को खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८८ रुपैयाँ २४ पैसा तोकिएको छ ।
त्यसैगरी क्यानेडियन डलर १ को खरिद दर ९६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ ।
प्रकाशित मिति: २९ कार्तिक २०८१, बिहिबार