महिला यू–१९ एसिया कपमा नेपालले भारत र पाकिस्तानको समूहमा खेल्ने
काठमाडौं, २८ कात्तिक। नेपाली यू–१९ महिला क्रिकेट टिमले आगामी डिसेम्बरमा मलेसियामा हुने एसीसी यू–१९ महिला एसिया कप खेल्ने भएको छ ।
एसियाली क्रिकेट परिषद (एसीसी)ले बुधबार डिसेम्बर १५ देखि २२ सम्म हुने यू १९ महिला एसिया कपको खेलतालिका सार्वजनिक गरेको छ ।
६ वटा टोली सहभागी प्रतियोगितामा नेपाल, भारत र पाकिस्तानसँगै समूह ए मा छ । बंगलादेश, श्रीलंका र मलेसिया समूहबी मा छन् ।
नेपालले पहिलो खेल डिसेम्बर १६ मा पाकिस्तानसँग र दोस्रो खेल डिसेम्बर १७ मा भारतसँग खेल्नेछ ।
दुवै समूहको शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछ । सुपर फोरले सबैले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।
प्रकाशित मिति: २८ कार्तिक २०८१, बुधबार