कांग्रेस उपसभापति गुरुङसँग सीआईबीले लियो ५ घण्टा बयान


 


काठमाडौं २८ कात्तिक। सहकारी ठगी प्रकरणमा प्रहरीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बयान लिएको छ ।

बुधबार केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले गुरुङसँग बयान लिएको हो । झन्डै ५ घण्टासम्म गुरुङसँग बयानले आवश्यक सोधपुछ गरेको थियो ।

मितेरी सहकारीको बचत हिनामिनामा गुरुङकी पूर्व श्रीमती ज्योती जोडिएकाले उनी पनि विवादमा आएका थिए ।

ज्योती उक्त सहकारीको सन्चालक थिइन् । सम्बन्ध विच्छेदपछि पनि धनराजले श्रीमतीको नाममा रिण तिरिरहेको पाइएपछि धनराजको भूमिकालाई शंकास्पद मानिएको थियो ।

प्रकाशित मिति: २८ कार्तिक २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्