१४ अंकले नेप्से बढ्दा ७ अर्ब ९१ करोडको सेयर कारोबार


 


काठमाडौं । साताको चौथो सेयर कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ।

नेप्से १४.१२ अंकले घटेर २७३४.८३ विन्दुमा बन्द भएको हो । नेप्से घटे पनि कारोबार रकम भने केही बढेको छ।

मंगलबार ७ अर्ब ८५ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार ७ अर्ब ९१ करोडको किनबेच भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६ करोड रूपैयाँ वृद्धि भएको हो।

बुधबार ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ वटाको घटेको छ।

आज ३०८ वटा धितोपत्रको एक करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर किनबेच भएको हो।

प्रकाशित मिति: २८ कार्तिक २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्