सरकारी हस्तक्षेपपछि कुलमानले जोडे उद्योगमा लाइन
काठमाडौं, कात्तिक २८ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मातहतका कार्यालयलाई उद्योगहरूमा लाइन जोड्न निर्देशन दिएका छन् ।
मन्त्रिपरिषद् र सञ्चालक समितिले हस्तक्षेप गर्दै उद्योगमा लाइन जोड्न निर्देशन दिएपछि उनले उद्योगमा लाइन जोड्न निर्देशन दिएका हुन् ।
महसुल भुक्तानी नगरेपछि प्राधिकरणले गत कार्तिक ८ गते ३४ ठूला उद्योगको लाइन काटेको थियो । सरकारी हस्तक्षेपपछि प्राधिरकरणले महसुल भुक्तानीबिनै उद्योगमा लाइन जोड्न थालेको हो ।
मंगलबार राति ६ वटा उद्योगमा लाइन जोडिएको छ भने बाँकी उद्योगमा पनि आज जोडिने प्राधिकरणले जनाएको छ ।
प्रकाशित मिति: २८ कार्तिक २०८१, बुधबार